मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको २० औं साधारण सभा पौष १० गते सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष श्री केपी शर्मा ओलीज्यूको उपस्थिति रहेको थियो भने विशिष्ट अथितिमा पोखरा विश्वविद्यालयको उपकुलपति श्री प्रेमनारायण अर्यालज्यू र राष्ट्रिय अभिलेखालयको महानिर्देशक श्री सौभाग्य प्राधाङ्गज्यू रहनु भएको थियो । साथै राष्ट्रिय अभिलेखालय र मदन भण्डारी स्मृति प्रतिष्ठानको संयुक्त साझेदारीमा मदन भण्डारी शोध केन्द्र तथा अभिलेखालयको समुदघाट्न प्रमुख अतिथिज्यूको हातबाट भएको थियो ।
Recent Comments